अबदेखी सिंहदरबार क्षेत्र, पंचकन्या क्याम्पस र सञ्चारग्राममा निःशुल्क ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध हुने भएको छ । दुई वर्षसम्मका लागि त्यस क्षेत्रमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने गरी सरकारले योजना अगाडि बढाएको छ ।
ब्रोडव्यान्ड इन्टरनेट कनेक्टिभिटी सिंहदरबार क्षेत्र, पंचकन्या क्याम्पस क्षेत्र र सिनामंगलको सञ्चारग्राम क्षेत्रमा उपलब्ध गराउन प्रक्रिया अगाडि बढिसकेको पनि नेपाल दूरसञ्चार प्राधिकरणले जनाएको छ ।
सो क्षेत्रमा ब्रोडब्यान्ड इन्टरनेट नेटवर्क विस्तार गर्न इच्छुक कम्पनीले २ असोजसम्म आवेदन दिनसक्ने गरी ४ भदौमा सूचना प्राधिकरणले निकालेको छ ।