
काठमाडौँ।
विश्व निकेतन माध्यमिक विद्यालय त्रिपुरेश्वरबाट २०३९ सालमा कक्षा १० (ख)मा अध्ययनरत बिद्यार्थीहरुले शनिवार पूर्व तथा वर्तमान शिक्षकलाई सम्मान गरेको छ ।
सो विद्यालयमा अध्यापन गरेर अवकाश पाएका शिक्षक तथा हाल अध्यापनरत शिक्षकहरुलाई सम्मान गरेको सो ब्याचका विद्यार्थी रामकृष्ण डंगोलले जानकारी दिए।
पूर्व शिक्षकहरु प्रदिपकुमार भण्डारी, राजेन्द्रप्रसाद खयगुली, पूर्णबहादुर अमात्य,कोहिनुर माथेमा,बीणा लोहनी, मञ्जु अधिकारी र हालका प्रधानाध्यापक हेरम्वराज कडेललाई सम्मान गरिएको डंगोलले जानकारी दिए ।
सो कार्यक्रममा बिद्यार्थीहरु रामकृष्ण डंगोल, प्रभातकिरण रंतित, अन्नपूर्ण स्थापित, भुवनबहादुर नकर्मी, बिजयश्रीरत्न बज्रार्चाय,श्रीजना भण्डारी, शशीप्रकाश वैद्य, सुरेश श्रेष्ठ,रविन प्रकाश रंजित,शारदा शाक्य, कन्हैया झा, उपेन्द्रलाल श्रेष्ठ र राजेश रन्जितको सहभागिता रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।