मानिसले दिनमा कम्तिमा पनि ८ ग्लास वा झण्डै दुइ लिटर पानी पिउनु अनिवार्य हुन्छ। तर दिनभरमा कति पानी पिउने भन्ने कुरा मानिसको शरीरको वजन तथा जिउडालमा भर पर्छ।
सबैभन्दा पहिलो आफ्नो वजन थाहा पाउनुहोस। शरीरका लागि कति पानी पिउनु आवश्यक हुन्छ त्यो जान्नका लागि सबैभन्दा पहिले आफ्नो शरीरको वजन थाहा पाउनुपर्छ। किनकि ४७ किलो तौल भएको तथा ८० किलो तौल भएको मानिसलाई आवश्यक पर्ने पानीको मात्रा फरक फरक हुन्छ। पानी शरीरमा विषाक्त पदार्थको निष्कासन देखि लिएर मेटाबोलिजम तथा पाचन क्रिया जस्ता विभिन्न कार्यका लागि पनि सहयोगी हुन्छ।
यसरी पिउनुहोस पानी:
यदि तपाइको वजन ६० किलो छ भने तपाइले दिनमा २ लिटर पानी पिउनु आवश्यक हुन्छ। ८० किलो वजन भएका मानिसले २.६ लिटर पानि पिउनु पर्छ।
व्यायामका बेला धेरै पानी
व्यायामका बेला शरीरबाट धेरै पसिना निस्कन्छ र जिउमा पानी कमि हुन थाल्दछ। पानीको कमि हुँदा सुख्खापन तथा पाचन सम्बन्धी समस्या सुरु हुन्छ। त्यसैले यस्तो समस्याबाट बच्नका लागि व्यायाम गरिसकेको हरेक आधा घण्टामा कम्तिमा पनि एक गिलास पानि आवश्यक पानीको मात्रा पुरा गर्नका लागि केवल पानी मात्र पिउनु आवश्यक छैन। यसका लागि धेरै पानीको मात्रा हुने फलफूल सामेल गर्नुपर्छ।
शरीरमा २०/२५ प्रतिशत पानीको पानीको पूर्ति हामीले खाने खानाहरुबाट प्राप्त हुन्छ। त्यस्तै खरभुजा, सुन्तला जस्ता फलफुलमा पनि प्रशस्त पानी पाइन्छ।