भाद्र ०९, काठमाडौं – आउदो असोज २ गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय जनता पार्टी नेपालले साइकल चुनाव चिन्ह लिएर चुनाव लड्ने भएको छ ।
निर्वाचन आयोगले राजपाले मागेको छाता चुनाव चिन्ह नदिने भएपछि राजपाले यसअघि राष्ट्रिय मधेस समाजवादी पार्टीले पाएको साइकल चुनाव चिन्ह नै प्रयोग गर्ने भएको राजपाले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।