काठमाडौँ।
नेपाल राष्ट्र बैंकले आज (कात्तिक २८ गते) मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ०४ पैसा र बिक्री दर १३३ रुपैयाँ ६४ पैसा पुगेको छ।
युरो एकको खरिद दर १४२ रुपैयाँ १६ पैसा र बिक्री दर १४२ रुपैयाँ ८० पैसा रहेको छ।
बेलायती पाउण्ड एकको खरिद दर १६२ रुपैयाँ ९३ पैसा र बिक्री दर १६३ रुपैयाँ ६७ पैसा रहेको छ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ५४ पैसा र बिक्री दर ३६ रुपैयाँ ७० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।