ललितपुर ।
ललितपुर प्रहरीले दसैँ र तिहारमा ६७ जना जुवाडेलाई पक्राउ गरेको छ। सोही आवधिमा प्रहरीले जुवाडेबाट ३३ लाख २२ हजार बढी रकम बरामद गरेको छ ।
ललितपुर प्रहरीले गरेको विशेष छापाको क्रममा दसैँ र तिहारमा जुवातास खेल्नेबाट ३३ लाख २२ हजार रुपैयाँ बरामद गरेका हो ।
सोही क्रममा ६७ जना जुवाडेलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी सिद्धिविक्रम शाहले जानकारी दिएका छन् । उनका अनुसार पारिवारिक मनोरञ्जनबाहेक पैसाका खाल जमाएर जुवातास खेल्ने समूहमा छापा मार्दा पाँच दर्जन बढी पक्राउ गरिएको हो ।
यसरी पक्राउ पर्नेमा ५१ जना पुरुष र १६ जना महिला रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।