आज भाद्र शुक्ल पञ्चमी अर्थात ऋषि पञ्चमी हिन्दू नेपाली महिलाहरुले सप्तर्षीको पूजा गरेर मनाउँदैछन् ।
तीजको पर्सीपल्ट महिलाहरुले अरुणधत्तीसहित कस्यप, अत्रि, भरद्वाज, वशिष्ठ, जमदग्नी, गौतम र विश्वमित्रको पूजा आराधना गरी तीज ब्रत समाप्त गर्दैछन् ।
आजको दिन रजस्वाला हुन शुरुभइसकेका महिलाहरुले रजस्वाला हुँदा आफूबाट केही गल्ति या अमर्यादित क्रियाकलाप भएको भए ती कुराहरुको शुद्धाशुद्धिकालागि पूजा अर्चना गर्ने दिन हो । मानव श्रृष्टि नारीहरुविना संभव छैन र हामीले रजस्वालालाई जत्तिकै लुकाएर अनि छुवाछुत उन्मुख सोंचले हेरेपनि श्रृष्टिको प्रथम र पूण्य गुणनै नारीहरुको रजस्वाला हो । रजस्वाला नारीहरुको गर्भाधान गर्नसक्ने क्षमताको प्रतिक अनि उनीहरूमा हुने एउटा नितान्त प्राकृतिक प्रक्रिया हो ।
महिलाहरु आज नदी, तलाउ वा कुण्डमा नुहाई ३ सय ६५ वटा दतिवन टोखेर बगाउने गर्दछन् ।