१० भदौ,काठमाडौं । तीज पर्वको दिन बिहीबार श्रीमतीको लाठी प्रहारबाट मेलुङ गाउँपालिकास्थित भेड्पु निवासी कर्णबहादुर तामाङको मृत्यु भएको छ ।
मादक पदार्थ सेवन गरेको निहुंमा भएको झगडाको क्रममा मृत्यु भएको प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले बताउनुभयो ।
प्रहरीले लिएको बयान अनुसार कर्णबहादुरले बुहारी विपना थोकरसँग रक्सीले मात्तिएर घर आएका र थप मादक पदार्थ मागेको र नदिए पछि बुहारीमाथि नै हातपात गर्न थालेपछि ६० वर्षीय सन्जीले लाठ्ठीले हानेका थिए ।