रसुवा।
रसुवा र नुवाकोटकाे संगम स्थल उत्तरगया धाममा एक सय आठ शिवलिङ्गकाे विधिवत् रूपमा प्राण प्रतिष्ठा गरिएको छ ।
सहयोगी दाताहरुबाट नगद जिन्सी सहयोग भएपछि स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न संस्था उद्यमी व्यवसायीको प्रयासबाट निर्माण भएको र उक्त शिवलिङ्ग स्थापना गर्दा १६ लाख ५० हजार नौ सय १७ रुपैयाँ लागेको स्थानीय दिलकृष्ण श्रेष्ठ ले बताए ।
मंसिर १७ गते स्थापना गरिएको शिवलिङ्ग प्राण प्रतिष्ठा रुद्री पूजन,लाखवत्ति प्रज्वलन गरी उद्वधाटन गरिएको थियो ।याे शिवलिङ्ग स्थापना गर्न जाे जसले सहयोग गरे उनीहरुको नाम शिलालेखमा राखिने बताइएको छ ।
यही मंसिर २५ गते वाला चतुर्दशीमा शतजिवन छर्ने दिनको लागि समेत तयारी गरिएको समेत जनाइएको छ
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।