काठमाडौँ ।
नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज दुई खेल सम्पन्न भएका छन् । आजको पहिलो खेलमा धनगढी एफसी र स्पोर्टिंग इलामले २-२ गोलको बराबरी खेलेका छन् भने दोस्रो खेलमा बुटवल लुम्बिनी एफसीले काठमाडौँ रेजर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ ।
पहिलो खेलमा २-१ गोल अन्तरले पछि परेको धनगढीले खेलमा शानदार कमब्याक गर्दै आफूलाई हारबाट बचाएको थियो । धनगढीका लागि रिचार्ड अगएमांगले खेलको ६८औ मिनेटमा र आफीज ओलावालेले खेलको ८३औं मिनेटमा गोल गर्दै हारबाट बचाएका थिए ।
त्यसअघि खेलको पहिलो हाफको ४४औं मिनेटमा स्पोर्टिंग इलामका लागि फोडे कामरा र ४५औं मिनेटमा ओमार थिओमले गोल गर्दै २-० को अग्रता दिलाएका थिए ।
यो बराबरीपछि धनगढी एफसीको ४ खेलमा ८ अंक भएको छ र अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । समान ४ खेलमा ८ अंक रहेको पोखरा ठण्डर्स गोल अन्तरका आधारमा दोस्रो स्थानमा झरेको छ । त्यस्तै स्पोर्टिंग इलामको भने यो बराबरीपछि ५ खेलमा ४ अंक भएको छ र सातौ स्थानमा रहेको छ ।
त्यस्तै आजै सम्पन्न दोस्रो खेलमा बुटवल लुम्बिनीले काठमाडौँ रेजर्सलाई २-१ गोल अन्तरले पराजित गरेको छ । बुटवल लुम्बिनीको जितमा स्टेफेन समिर बिनोंग र एरिक विष्टले एक एक गोल गरेका थिए भने काठमाडौँ रेजर्सका लागि एक गोल राजीव लोप्चनले गरेका थिए ।
यो जितपछि बुटवल लुम्बिनीको ५ खेलमा ७ अंक भएको छ र अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ । त्यस्तै काठमाडौँ रेजर्सले भने यो यस सिजनमा पहिलो हार बेहोरेको छ । यो हारपछि काठमाडौँ रेजर्सको ४ खेलमा ५ अंक रहेको छ र अंक तालिकामा चौथो स्थानमा रहेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।