
उदयपुर ।
नेपाल रेडक्रस सोसाइटी उदयपुरले चौदण्डीगढी नगरपालिकामा शाखा विस्तार गरेको छ ।
सोमबार चौदण्डीगढी नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रमका बिचमा नेपाल रेडक्रस सोसाइटी उदयपुरका सभापति मदनराज कटुवालको अध्यक्षतामा भएको भेलाले कमला खड्काको अध्यक्षतामा अन्जनी कुमार अधिकारी र गोमा सेढाई उपाध्यक्ष भीन परियार सचिव रहेको १५ सदस्यीय नगर शाखा गठन गरेको घोषणा गरिएको छ।
सो कार्यक्रममा सपथ ग्रहण गराउदै सभापति कटुवालले नगरमा मानवीय सेवा प्रदानगर्न र आपत विपतमा परेकालाई सहयोग गर्न अनुरोध गरे । कार्यक्रममा प्रमुख अतिथि तथा चौदण्डीगढी नगर प्रमुख कालुमान लामाले रेडक्रस चौदण्डीगढी नगर शाखाका लागि आवश्यक पर्ने कार्यालय कोठा तथा अन्य भौतिक सामान र सहयोगी कर्मचारी समेत उपलब्ध गराएर आवश्यक सहयोग गर्ने बताउनु भयो ।
रेडक्रस चौदण्डीगढी नगर शाखाका पदाधिकारी तथा सदस्यहरुलाई रेडक्रस जिल्ला सभापति कटुवालले सपथग्रहण गराउनुका साथै नगर शाखासँग सम्बन्धित कागजात हस्तान्तरण गरेका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।