ललितपुर ।
सैंबु ब्याडमिन्टन सर्कलको अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन् । शनिवार आयोजित पाचौं अधिवेशनले थापाको ११ सदस्यीय कार्यसमिति निर्वाचित गरेको हो । सर्कलको संरक्षक र संस्थापक अध्यक्षमा शंकर थापामगर रहेका छन् ।
सर्कलको उपाध्यक्ष,सचिव, कोषाध्यक्ष र सह कोषाध्यक्षमा क्रमशः धिरज कुँवर, गणेश ज्ञवाली, रवीन्द्र थापामगर र मधुसूदन थापा निर्वाचित भएका छन् । सदस्यमा क्रमशः सुरेन्द्र थापामगर, विनोद कुँवर, गोपालराम पौडेल , शैलेन्द्र थापा, सन्तोष थापा र श्याम विष्ट रहेका छन् । कार्यसमितिको पहिलो बैठकले कानुनी सल्लाहकारमा पुरुषोत्तम थापालाई चयन गरेको छ ।
साधारण सभामा ललितपुर–१८का वडा अध्यक्ष दामोदर खड्का ,संरक्षक एवं संस्थापक अध्यक्ष शंकर थापामगर लगायतले नवनिर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यलाई शुभकामना दिएका थिए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।