टंक सुनार
रुपन्देही, भदौ १० । देवदह सेवा समाज यु.ए.ई ले रुपन्देहीको देवदहकी मृर्गौला पिडित निरमायाँ सारुलाई आर्थिक सहयोग गरेको छ । दुबइमा कार्यरत रमेश न्यौपाने,राम चन्द्र जिसी लगाएत ५५ जना युवाहरुले संङ्कलन गरेर पठाएको रकम शनिबार एक कार्यक्रमका बिच पिडित सारुलाई हस्तान्तरण गरीएको छ । समाजले संङ्कलन गरेर पठाएको ७९ हजार ४ सय ८३ रुपैयाँ मध्ये पिडित सारुलाई ४७ हजार ६ सय ९० रुपैयाँ देवदह नगरप्रमुख हिरा बहादुर खत्रीले हस्तान्तरण गर्नु भएको हो । बाकी रहेको ३१ हजार ६ सय ९३ रुपैयाँ भने वाढी प्रभावितका लागि नेपाल रेडक्रस देवदह उपशाखाका सभापति गोपाल प्रसाद ढकाललाई हस्तान्तरण गरीएको छ ।
उक्त अवशरमा नगर प्रमुख खत्रीले निरमायाँलाई जसरी भए पनि उपचार गराउने बताउनु भयो । उहाले जे गरेर भए पनि निरमायाँलाई बचाउने भन्दै चिन्ता नगर्न परीवारलाई आग्रह गर्नु भएको थियो । उहाले आफ्नो ब्यक्ति गत तर्फबाट १० हजार रुपैयाँ प्रदान गर्ने पनि बताउनु भएको छ । कार्यक्रममा पिडित पुनको उपचारका लागि देवदह–५ का वार्ड अध्यक्ष झिल्लु प्रसाद न्यौपानेले १५ हजार, शिक्षाविद तथा रेडक्रस अभियान्ता मित्रलाल न्यौपानेले ५ हजार, समाजसेवी चक्रपाणी तिवारीले ५ हजार रुपैँया सहयोग गर्ने वचन दिएका थिए । विपन्न परीवारकी निरमायाँको दुबै मृगौला काम नलाग्ने भएको छ ।
पिडित निरमायाँले डाक्टरले मृर्गौला प्रत्यारोपणका लागि १० लाख आवश्यक पर्ने बताएको तर आफु संग त्यतिका रकम नभएकाले सहयोग गरीदिन सबै संग आग्रह गरेकी छन । कार्यक्रम देवदह–५ का वार्ड अध्यक्ष झिल्लु प्रसाद न्यौपानेको अध्यक्षता, नगर प्रमुख हिरा बहादुर खत्रीको प्रमुख आतिथ्यता र रक्त सञ्चार केन्द्र रुपन्देही संयोजक मित्रलाल न्यौपानेको विशिष्ट आतिथ्यतामा भएको हो । नेपाल रेडक्रस देवदह उप–शाखा सभापति गोपाल प्रसाद ढकालको स्वागत र देवदह आर्दश बहुमुखी क्याम्पसका उपप्रमुख जय किशन अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।