शारीरमा पाइने खनिज तत्त्व मध्ये सबैभन्दा बढी क्याल्सियम पाइन्छ । कुल खनिज तत्त्वको आधा अथवा शारीरको तौलको १.५ देखि २ प्रतिशत भाग क्याल्सियमले बनेको हुन्छ । यो प्रौढ व्यक्ति शारीरमा १२०० ग्राम क्याल्सियम हुन्छ । शारीरमा रहेको क्याल्सियमको ९९ प्रतिशत हाड र दातमा हुन्छ भने बाकी शारीरको विभिन्न भागमा छरिएको हुन्छ ।
क्याल्सियमका स्रोतहरु :
- वनस्पती स्रोत (Plant Source) : हरियो सागपात,फलफुल,काउली,आलु,गाजर,कर्कलो,सलगम,दल,भटमास,तेलहन पदार्थ,अमला,कागती आदि ।
- प्राणीजन्य स्रोत (Animal Source) : दुध,अन्डा,माछा,दही,घ्यू आदिमा प्रसस्त मात्रामा पाइन्छ ।