केहि वर्ष अगाडि सम्म पनि मेटो मानिसहरुलाई नेपालमा राम्रो मानिन्थयो। मेटो मानिसहरुलाई धनी, खानदानी, व्यापारी, या उच्च घरनाको मानिस भनिन्थयो। तर समय र प्रविधिको बिकास सँगै मोटो मानिसहरुमा दुब्लो मानिसहरुमा भन्दा रोग र अन्य समस्याहरु देख्न थाले। यदि सूतनु भन्दा अगाडि यि घरेलु उपाएहरु अवलम्वन गर्यो भने पनि मोटोपन बाट बच्न सकिन्छ।
सुत्नुभन्दा अगाडि चिया पिउने
राती सुत्नुभन्दा अगाडि ग्रीन चिया पिउनाले पनि शरीरको मेटाबोलिज्म बढ्छ । यसले रातभरी तपाईंको तौल घटाउने काम गर्छ ।
सुत्नुभन्दा अघि खुर्सानीको सेवन
खुर्सानीले बोसो घटाउने काममा धेरै नै प्रभावकारी भूमिका निर्वाह गर्न सक्छ । यसकारण सुत्नुभन्दा अगाडिको खानासँगै खुर्सानी खानुपर्छ ।
खाना अगाडि सूप खाने
बिहान र बेलुकीको मुख्य खानाको सुरूआत सूपबाट गर्नु उत्तम हुन्छ
रातीको खाना सात बजेसम्म खाने
ढिलो खाना खाने र भोजनलगत्तै सुतिहाल्ने गर्दा तपाईंको मेटाबोलिज्ममा प्रभाव पर्दछ । जसले तौल बढ्न सक्छ ।
सुत्नुभन्दा अगाडि तनावमुक्त हुने
आनन्द महसुस गर्नसक्ने वातावरण बनाउनुहोस् । राम्रा राम्रा र सकरात्मक सन्देश दिने गीत सुन्नुहोस् । नुहाउनुहोस् । यसले तपाईलाई राम्रो निद्रा पार्न सहयोग गर्छ ।