काठमाडाैं ।
अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया गएका एक नेपालीको शुक्रबार मृत्यु भएको छ।
झापा बुद्धशान्तिस्थित बुधबारे- ७ घर भई हाल दक्षिण कोरियामा कार्यरत पदम न्यौपानेको मृत्यु भएको हाे ।
बिहीबार राति काम सकेर सुतेका न्यौपाने बिहान ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए। लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए।
घटनाको आवश्यक छानबिन भइरहेको छ। यो सँगै दक्षिण कोरियामा एक साताभित्रमा ज्यान गुमाउने नेपालीको संख्या ६ पुगेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।