धादिङ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका–८ ओढारेमा रुखबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
घाँस झार्ने क्रममा सालको रुखबाट लडेर ४६ बर्षीय कालिमाया चेपाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सन्तुलाल प्रसाद जैसवारले जानकारी दिए ।
घरमा श्रीमान् र श्रीमती मात्र बस्दै आएका थिए । दुई छोरा रोजगारिको लागि भारतमा बस्दै आएको र कामको सिलसिलामा भारत जाँदा जेठो छोरो पनि आन्द्रा प्रदेशको विजयवाडाको रेल स्टेसन बाट यही पौया १७ गते देखि वेपत्ता रहेका छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।