नेपाली नागरिकता त्याग्नेको संख्या बढेको छ । विदेशमै स्थायी बसोबास मिलाएपछि धेरै नेपालीले नागरिकता त्यागन लागेको हुन ।
बेलायती सेनाका सेवानिवृत्तलाई उतै स्थायी बसोबाससहितको सुविधा उपलब्ध भएपछि देश छाड्ने क्रम तीव्र छ ।
कास्की जिल्लामा मात्र २०६६ बैशाखयता नेपाली नागरिकता त्याग गर्नेको संख्या दुई सय ५३ पुगेको छ ।
त्यस्तै गोरखामा २०७० साल यता ३७ जनाले नेपाली नागरिकता त्यागेका छन् ।आजको कान्तिपुर दैनिकमा खबर छ।