११ भदौ , एजेन्ट – सिद्धार्थ मल्होत्रा र जैकलिन फर्नाडीजको अभिनयमा बनेको ‘ए जेंटलमैन-सुंदर, सुशील, रिस्की’ ले रिलीजकै दिन 4.04 करोड भारु कमाई गरेको छ ।
फॉक्स स्टार स्टूडियोजको सीईओ विजय सिंहको भनाई अनुसार, “कुनै परिस्थितिको अनुमान लगाउन सकिदैन , विशेष रूपमा महाराष्ट्र र राजस्थानमा आइरहेको भिषण वर्षा साथै उत्तरी भारतमा भएको हिंसाको कारण थिएटर बन्द हुनुको कारण फिल्मको कमाईमा असर परिरहेको” उनले भने ।
फिल्ममा 50 करोड भारुको लगानी रहेको साथै प्रचार र विज्ञापन पनि जोडिएको सिंहले जोडे।