काठमाडौं ।
आज पृथ्वी जयन्ती एवं राष्ट्रिय एकता दिवस मनाइँदैछ। नेपाल एकीरणका प्रणेता पृथ्वीनारायण शाहको स्मरणमा हरेक पुस २७ गते राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्ती मनाइन्छ।
पृथ्वी जयन्तीको अवसरमा सरकारले सार्वजनिक बिदासमेत दिएको छ। तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाहको जन्म जयन्तीको अवसर आज देशैभरी विभिन्न कार्यक्रम गरी मनाइँदै छ।
तत्कालिन गोर्खा राज्यका राजा पृथ्वीनारायण शाहले विभिन्न टुक्रामा विभाजित तथा स–साना राज्य समेटेर विशाल नेपालको परिकल्पना गरेका कारण उनलाई सदैव सम्झने गरिँदै आएको छ।
आधुनिक नेपालको एकीकरण गर्ने राजा पृथ्वीनारायण शाहको स्मरणमा आज उनका ३०२ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस विभिन्न कार्यक्रमका साथ भव्य रूपमा मनाइँदैछ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।