स्याङ्जा।
गल्या जेसीज वर्ष २०२४ को अध्यक्षमा खगेन्द्र भण्डारी निर्वाचित भएका छन् । गल्या जेसीजको छैटौं साधारणसभा एवम् पाँचौँ अधिवेशनबाट भण्डारी निर्वाचित भएका हुन । कुल ४४ मतमध्ये ३९ मत खसेकोमा भण्डारीले २८ मत ल्याउँदै विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी प्रतिमा भट्टराईले ११ मत प्राप्त गरिन् । त्यस्तै कार्यकारिणी उपाध्यक्षमा ४ जनाको उम्मेदवारी रहेकोमा सुनिल पाठक र डोलराजखनाल समान २३–२३ मत सहित निर्वाचित भएको निर्वाचन आयुक्त अमृत अर्यालले बताए।
यसैगरी उपाध्यक्षहरूमा सुभास गैह्रे, गणेश अधिकारी, विनय भट्टराई र सन्दीप ज्ञवाली निर्वाचित भएका छन् । नवनिर्वाचित अध्यक्ष खगेन्द्र भण्डारीले एकता र सद्भावसँगै समुन्नतिको यात्रामा सबैको भावनाको कदर हुने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रममा मातृशाखा वालिङका पूर्व अध्यक्ष यामप्रसाद अधिकारीले जेसीजको आस्था र गरिमा बचाई राख्न मुलमन्त्रवाट विचलित नभईकन नेतृत्व विकास र समाजसेवामा लाग्न आग्रह गरे । जेसीजको आस्था पाठमा लेखिए जस्तो विधिको शासन स्थापित गर्न निर्धक्क भएर लाग्न गल्या जेसीजलाई अधिकारीको सुझाव छ ।
मातृ शाखा वालिङका अध्यक्ष मणिप्रसाद अर्यालले निस्वार्थ मनोभाव लिएर सामाजिक सेवामा क्रियाशील हुन जेसीजमा आबद्ध सदस्यहरुलाई आग्रह गरे ।अधिवेशनमा गल्या जेसीजका संस्थापक अध्यक्ष शिवप्रसाद खनालले नवनिर्वाचित कार्यसमितीलाई बधाइ तथा शुभकामना दिंदै टिका तथा माला लगाई दिएका थिए। कार्यक्रममा गल्याङ जेसीजका पूर्व अध्यक्षता पदाधिकारीहरु लगायतको उपस्थिति रहेको थियो ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।