काठमाडौं।
बायर्न म्युनिखले जर्मन बुण्डेसलिगा अन्तर्गतको खेलमा होफेनहेइमलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले होफेनहेइममाथि ३-० को शानदार जित हासिल गरेको हो ।
बायर्न म्युनिखको जितमा जमल मुसियालाले २ गोल गरेका थिए भने ह्यारी केनले एक गोल गरेका थिए । यो ह्यारी केनको यस सिजनमा २२औं गोल हो । आधा सिजनमा २२ गोल गरेर केनले यसअघि रोबेर्ट लेवानडोस्कीले राखेको रेकर्डको बराबरी गरेका छन् ।
यस खेलमा होफेनहेइमका ग्रिस्चा प्रोमेलले खेलको ७४औं मिनेटमा रातो कार्ड पाएर मैदान छोडेका थिए । यो जितपछि बायर्न म्युनिखको १६ खेलमा ४१ अंक रहेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । त्यस्तै होफेनहेइमको भने १७ खेलमा २४ अंक रहेको छ र लिगमा सातौं स्थानमा छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।