काठमाडौं ।
ललितपुरको इमाडोलमा एक महिला इनारमा खसेकी छन्। दोलखा घर भई इमाडोल डेरा गरी बस्ने २८ वर्षीया न्युटन प्रधान कपडा धोएर सुकाउन जाने क्रममा इनारमा खसेकी हुन्।
इनारलाई छोपेको स्लाब फुटेपछि उनी इनारमा खसेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको विपद् उद्धार टोलीले अहिले उनको उद्धारको प्रयास गरिरहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।