काठमाडौं ।
सरकारले अखाद्य रङ्ग प्रयोग गरी कटन क्याण्डी उत्पादन तथा बिक्री वितरण नगर्न आग्रह गरेको छ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले सोमबार एक सूचना जारी गर्दै कटन क्याण्डीमा अखाद्य रङ्ग ‘रोडामाइन बी’ को प्रयोग भएको पाइकाले उत्पादन तथा बिक्री वितरण गर्न नपाइने जनाएको हो।
कटन क्याण्डी बिक्री वितरण गरेको पाइएमा खाद्य ऐन नियम बमोजिम कारबाही हुने विभागले चेतावनी समेत दिएको छ।
काठमाडौंका सडक पेटी, बजार, मेला लगायतका स्थानहरूमा खुला रूपमा बिक्री वितरण हुँदै आइरहेको रङ्गिन कटन क्याण्डीमा प्रयोग गरिएको अखाद्य रङ्ग ‘रोडामाइन बी’ले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने विभागले जनाएको छ।
विभागबाट अनुज्ञा पत्र प्राप्त गरी लेबल लगाएका बाहेक खुल्ला रूपमा बिक्री वितरण गरिएको कटन क्यान्डीको उपभोग नगर्न उपभोक्ता वर्गमा अनुरोध गरिएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।