स्वाइन फ्लु, एकदमै डर लाग्दो रोग, यो रोगले विश्वभरि नै धेरैको ज्यान लागिसकेको छ। त्यस्तै गरि भारतमा मात्र यस रोग बाट मर्नेको संख्या ८ महिनामा एक हजार ९४ जनाको मृत्यु भईसकेको छ। यस रोगबाट मृत्यु हुनेको संख्या भारतमा बढ्दै गएको छ। अधिकारीहरुले चिन्तित छन् यस बिषयमा किन भने २०१६ को तुलनामा मर्नेहरु को संख्या एकदमै वृद्धि भएको छ जुन तीन गुणा भन्दा बढि छ।
स्वास्थ मन्त्रालयले जारी गरेको रिपोर्ट अनुसार भारतमा तीन सातामा मात्रै तीन सय ४२ जनाले ज्यान गुमाइसकेको छन्। अहिलेसम्म २२ हजार १ सय ८६ जना यो रोग स्वाइन फ्लु बाट संक्रमित भएको रिपोर्टले जनाएको छ। गुजरातमा ४ सय ३७ को ज्यान गइसकेको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। सन् २००९ र २०१० मा २ हजार ७ सयभन्दा बढी मानिसको ज्यान गएको थियो भने ५० हजार जनाको ज्यान स्वाइन फ्लुले भारतमा संक्रमित पारेको छ।