आफ्नो मोबाइल फोन पानीमा भिज्ला र बिग्रिएला भन्ने डर सबैलाई हुन्छ । वर्षात् समय सुरु भैसकेको छ । त्यसैले स्मार्टफोन भिज्ने जोखिम अझै बढ्दैछ । कहिलेकाही सावधानी अपनाऊँदा पनि मोबाइल फोन भिज्न सक्छ । त्यसो हुँदा केही उपाय अपनाउनु पर्छ। ताकि मोबाइल फोनेमा पानीले असर नपरोस ।
तत्काल मोबाइल स्विच अफ गर्नुहोस् :
मोबाइल पानीमा भिजेको थाहा पाउने बित्तिकैे तत्कालै स्विच अफ गर्नुहोस् । त्यसपछि यसलाई सुख्खा कागज वा टावेल तथा कपडामा राख्नुहोस् । ब्याट्री तथा सिमकार्ड निकाल्नुहोस् । मेमोरी कार्ड पनि निकालेर सुकाउनुहोस् । त्यस्तै हेडफोन तथा अन्य बाहिरी ड्राइभ छन् भनेपनि निकाल्होस्।
ब्याट्रीको स्टिकर जाँच गर्नुहोस् :
तत्कालै ब्याट्री निकालेर जाँच गर्नुहोस् । ब्याट्रीमा प्रायः स्टिकर लगाइएको हुन्छ जून सेतो रंगको हुन्छ । जब तपाईंको मोबाइल फोन भिज्छ तब उक्त स्टिकर पनि भिजेर रातो तथा गुलाबी बन्दछ । यदि मोबाइलको स्टिकर भिजेको छैन भने तपाईले बिक्रेताबाट वारेन्टीवापतको सुविधा पाउनुहुन्छ ।
बिस्तारै फोन पुछ्नुहोस् :
तपाईंको भीजेको स्मार्टफोन बिस्तारै नरम कपडाले पुछ्नुहोस् ।सम्भब भएमा सानो भ्यकुम क्लिनरले भित्रको पानी बाहिर निकाल्ने कोशिस गर्नुहोस्। तर भ्याकुन क्लिनर फोनको धेरै नजिक लग्ने तथा हेयर ड्रायर प्रयोग गर्ने काम नगर्नुहोस्।
चामलभित्र घुसाउनुहोस्ः
मोबाइललाई सुख्खा प्लास्टिक ब्याग तथा हावा नछिर्नेभाँडोमा राख्नुहोस। त्यस्तै मोबाइललाई चामल भरिएको भाँडोमा चामलभित्र घुसाएर रातभर राख्नुहोस । चामलले मोबाइल भित्रको पानी सोस्दछ ।
चौबिस घण्टा कुर्नुहोस :
मोबाइल फोन भिजिसकेपछि यसलाई पुनः सुचारु गर्न कम्तीमा पनि एक दिन कुर्नुहोस । तबमात्र यसभित्रको पूरै चिस्यान र पानी बाहिर निकाल्न सकिन्छ । मोबाइलको भित्री भाग,पोर्ट,ड्राइभ तथा कुनाकाप्चामा पानी तथा चिस्यान छैन र सुख्खा छ भन्ने निश्चित गर्नुहोस् । त्यसपछि स्टार्ट भएन भने नजिकैको मोबाइल मर्मत केन्द्रमा लगीहाल्नुहोस ।
प्रकाश हमाल
संचालक
आशिका मोबाइल