काठमाडौं ।
बायर्न म्युनिखले जर्मनी बुण्डेस लिगा अन्तर्गत अग्सबर्गलाई पराजित गरेको छ। गएराती सम्पन्न खेलमा बायर्न म्युनिखले अग्सबर्गलाई ३-२ गोल अन्तरले पराजित गरेको हो।
बायर्न म्युनिखको जितमा अलेक्जेन्डर पाभलोभिक, अल्फोन्सो डाभिज र ह्यारी केनले एक एक गोल गरेका थिए। त्यस्तै अग्सबर्गका लागि एर्मेडिन डेमिरोभिकले दुवै गोल गरेका थिए।
यो जितपछि बायर्न म्युनिखको १९ खेलमा ४७ अंक भयेको छ र लिगमा दोस्रो स्थानमा रहेको छ। हाल शीर्ष स्थानमा रहेको लिभरकुसेनको १९ खेलमा ४९ अंक रहेको छ र बायर्न भन्दा २ अंकले अगाडी रहेको छ।
त्यस्तै अग्सबर्गको भने १९ खेलमा २१ अंक रहेको छ र लिगमा १३औं स्थानमा रहेको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।