१२ भदौ , सिन्धुपाल्चोक – नेपाली सेनाका एक जवानलाई सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका भोटेचौरमा करेन्ट लागेर मृत्यु भएको छ ।
इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक नवराज ढुंगानाका अनुसार अछाम जिल्लाको दुर्गा बक्स गणमा कार्यरत ३० वर्षीय शिवराम चौलागार्इंको आइतबार आफ्नै घरमा विद्युत् चुहिएर घटनास्थलमै मृत्यु भएको उहाले बताउनुभयो ।
चौलागाईंको शव मेलम्चीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराई आफन्तलाई जिम्मा लगाइएको पनि ढुंगानाले जानकारी दिए र शव परीक्षणपश्चात् आफन्तले मेलम्चीमै दाहसंस्कार गरेका छन् ।