बाजुरा ।
विगत चार महिनाको अन्तरालपछि बाजुरामा वर्ष सहित उच्च हिमाली भूभागमा भारी हिमपात भएको छ । बुधवार राति देखि सुरु भएको हिमपात निरन्तर भइरहेको छ।
उच्च हिमाली भागमा हिमपात भइरहेकाे छ भने बेसीतिर अविरल वर्षा भइरहेकाे छ । बेसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । बुधवार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर बनेको छ । गए राति देखि निरन्तर वर्ष हुँदा सदरमुकाम मार्तडी पनि हिमपात भइरहेको छ। हिमपातका कारण सरकारी कार्यालयको सेवा आशिंक रुपमा प्रभावित भएको कर्मचारीले बताएका छन् ।
हिमाली गाउँपालिकाको रुगिन विच्छा ,बड मालिका नगरपालिकाको जिल्ली ,रजतोली रजाली, मार्तडी पिनालेख गौमुल गाउँपालिका, त्रिवेणी नगरपालिकाका छतारा पन्धरा , खप्तड छेडेदह गाउँपालिका, स्वामिकार्तिक खापर गाउँपालिका,साप्पाटा जुकोट लगायत जगन्नाथ गाउँपालिकाका लेकाली भूभागमा हिमपातसँगै वर्षा भइरहेको स्थानीयले बताएका छन् ।
हिमपात भएपछि बाजुराको उत्तरपुर्वी भेगबाट आउने प्रमुख नाका पोखरे लेखमा हिउँ जमेपछि आगमनमा समस्या भएको बुढिनन्दा नगरपालिका वडा नं ९ का वडाध्यक्ष मानबहादुर रावतले बताएका छन्। हिमपातले कोल्टी मार्तडी जिप सेवा पनि अवरुद्ध भएको छ। वस्तुभाव घाँस दाउराको समेत समस्या भएर जनजीवन नै कष्टकर बनेको स्थानीयले बताएका छन्। छिमेकी जिल्ला बझाङ, मुगु, हुम्ला अछाम र डोटीका उच्च भागमा हिमपात भइरहेको छ ।
हिमपातका कारण सदरमुकाम मार्तडी लगायतका विद्यालयहरू समेत प्रभावित भएका छन् । चिसो सँगै हिमपात भए पछि विद्यालयबाट टाढा रहेका विद्यार्थीहरुलाई आवत जावतमा समेत समस्या हुँदा पठनपाठनमा समस्या भएको जाल्पामावि खेतिपातलका प्रधानाध्यापक वेदप्रकाश जोशीले बताउनुभयो । स्कुलमा हिउँ परेपछि चिसोकाकारण विद्यार्थी आएका छैनन् । शिक्षकले हाजिर लगाएर आगो ताप्नु परेको जोशीको भनाई छ । ।
लामो समयपछि पानी पर्दा किसान भने खुसी भएका छन् । सुख्खा खडेरीले हिउँदे वाली सक्ने खतरा बढेको थियो। अब केही राहात हुन्छ होला कृषि ज्ञानेन्द्र बाजुराका प्रमुख मीनप्रसाद जैसीको भनाई छ । बाजुरामा जति भारीहिउँपात भयो उच्च हिमाली भागको बाली सप्रिन्छ ।
सुन्तला कागती ओखर र स्याउका बिरुवा रोप्न हिमपानील कृषक लागि उपयोगी हुने उनको भनाई छ। पुषमा आएको हिउँले किसानलाई उपलब्धि हुन्छ भने माघको मध्यतिर पानी पर्दा उम्रेका बाली सप्रिन्छ जैशीले भने,
हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइका विभिन्न बालीलाई फाइदा पुगेको किसानले बताएका छन् । यो वर्षाले विभिन्न अन्नबाली,फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने छ बड मालिका सातका किसान लालमनी जैशीले खुसी व्यक्त गरेका छन् ।
हिमपातले चिसो बढेसँगै सदरमुकाम मार्तडीको विद्युत सेवा पनि आउने जाने भइरहेको नेविप्रा बाजुराका लेखा प्रमुख करण चन्दले बताए । विद्युतसेवा निरन्तरता दिन फिल्डमा कर्मचारी परिचालन गरिरहेको उनको भनाई छ ।
हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडक खण्डमा पर्ने बड मालिका र बुढिनन्दा नगरपालिकाको पोखरे लेकमा हिमपात हुँदा त्यो क्षेत्रमा चल्ने जिप सेवा प्रभावित भएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।