काठमाडाैं ।
बैकिङ कसुर मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाल्पा पूर्वखोला गाउँपालिका २ घर भई हाल काठमाडौं गोकर्णेश्वर नगरपालिका ५ नयाँबस्ती डेरा गरी बस्ने वर्ष ४० को रेवत बहादुर राना रहेका छन् ।
बैकिङ कसुर मुद्दाहरुमा २४ दिन कैद सजाय,७५ लाख जरीवाना र ७५ लाख जाहेरवालाहरुलाई बिगो भराई क्षतिपुर्ति बापत पीडित राहतकोषमा ३,००,००० जम्मा गराउने ठहर भई मिति २०७७/८/२१ गते सम्मानित उच्च अदातल पाटन, ललितपुरबाट फैसला भई फरार रहेका उनलाई यस कार्यालयबाट खटिगएको प्रहरी टोलीले मिति २०८०/१०/१८ गते जिल्ला काठमाण्डौ गोकर्णेश्वर नगरपालिका ५ नयाँवस्तीबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि सम्मानित काठमाडाैं जिल्ला अदालत पठाइएको छ ।
रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
रोमानिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेका छन् । पक्राउ पर्नेमा सल्यान बंगाद कुपिन्डे नगरपाललका ७ घर भई हाल सामाखुशी बस्ने शेर बहादुर ओलीको छोरा बर्ष ४२ को जगत ओली क्षेत्रीले बिमान तामाङ रहेका छन् ।
वैदेशिक रोजगारीको लागि रोमानिया पठाईदिन्छु त्यसको लागि पीडितबाट पटकपटक गरी एक लाख पचास हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उक्त कार्यलयमा खटिएको प्रहरी टोलीले जगत ओली क्षेत्रीको खोजतलास गर्ने क्रममा बिहिबार पक्राउ गरेकाे हाे । उलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएकाे छ ।
जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
जापान पठाईदिन्छु भनी रकम ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेकाे छ । पक्राउ पर्नेमा गोरखा पालुङटार -१ घर भई हाल सामाखुशी बस्ने कृष्ण प्रसाद भट्टराईको छोरा बर्ष ३० को भरत भट्टराईले बिमला लामा रहेका छन् ।
वैदेशिक रोजगारीको लागि जापान पठाईदिन्छु भनी दुई लाख रकम लिई सम्पर्क विहीन भई ठगी गरेको आराेपमा प्रहरीले पक्राउ गरेकाे हाे ।
उक्त कार्यालयमा खटिएको प्रहरी टोलीले उनलाई भरत भट्टराईको खोजतलास गर्ने क्रममा बुधबार सामाखुशीबाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएकाे छ ।
क्रोएसिया पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ
सिन्धुपाल्चोक पाँचपोखरी थाङपाल २ घर भई हाल बुढानिलकण्ठ १२ कपन बस्ने जियाङ लामाको छोरा वर्ष ४० को मिङमार लामाले माया तामाङलाई वैदेशिक रोजगारीको लागि क्रोएसिया पठाईदिन्छु त्यसको लागि रु. ७,००,०००/- ( अक्षेरुपी सात लाख रुपैयाँ ) लाग्छ, क्रोएसिया पुगेपछि प्रतिष्ठित कम्पनिमा काम लगाइदिन्छु, मासिक रु. १,००,०००/-(अक्षेरुपी एक लाख रुपैयाँ ) तलव हुन्छ भनी विश्वास दिलाई प्रलोभनमा पारी निज पीडितबाट पटकपटक गरी जम्मा रु. ३,००,०००/- (अक्षेरुप तीन लाख रुपैयाँ ) रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निज मिङमार लामाको खोजतलास गर्ने क्रममा मिति २०८०।१०।१७ गते अं. ११:३० बजेको समयमा का.जि.का.म.न.पा. वडा नं. ६ बाट पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाण्डौं पठाईएको ।
निम्न:
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।