१२ भदौ , लुम्बिनी – ओभरलोड अवस्थामा रहेको ट्रान्सफर्मर पड्किएपछि गौतम बुद्ध जन्मस्थल लम्बिनी अन्धकार बनेको छ । अघिल्लो शनिबार ट्रान्सफर्मर पड्किएपछि खासगरी पर्यटकीय क्षेत्र लुम्बिनी अन्धकारमय बनेको हो । लुम्बिनी आसपासका क्षेत्रहरूमा वैकल्पिक वितरण केन्द्रबाट बिधुत पुर्याए पनि पर्यटकीय क्षेत्र अन्धकार छ ।लुम्बिनी क्षेत्रमा वितरण हुँदै आएको ५ एमबिएको ट्रान्सफर्मरबाट ८ एमबीए बिधुत वितरण हुँदै आएको थियो। ओभरलोडका कारण उक्त ट्रान्सफर्मर शनिबार पडकिएको थियो । ट्रान्सफर्मर पड्किए लगतै अर्को ट्रान्सफर्मर जडान नहुँदा लामो समय लुम्बिनी बिधुतबिहिन बनेको छ । बिधुत नहुँदा पर्यटकीय क्षेत्र अस्तब्यस्त बनेको र लुम्बिनीको रौनकता समेत हराएको स्थानीय पर्यटन व्यवसायी एवं सिद्धार्थ उद्योग वाणिज्य संघका सदस्य गोविन्द ज्ञवालीले जानकारी दिए ।
बिधुत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख मुनीन्द्र ठाकुरले लुम्बिनीमा दीर्घकालीन रूपमा लोडसेडिङमुक्त गर्न १६ एमबिएको ट्रान्सफर्मर आवश्यक रहेको र उक्त ट्रान्सफर्मर जडानका लागि पहल सुरु गरिएको बताए । १६ एमबिएको ट्रान्सफर्मर जडानका लागि प्रक्रिया अगाडि बढाएका छाँ, उनले भने – तर उक्त ट्रान्सफर्मर लुम्बिनीमा जडान हुन छिटो भए ६ महिना र ढिलोमा १ वर्षसम्म लाग्छ र तत्काललाई बिधुत समस्या समाधान गर्नका लागि ७ दशमलव ५ एबीएको ट्रान्सफर्मर जडान गर्न लागिएको उनले बताए । उक्त ट्रान्सफर्मर आइतबार भैरहवाबाट लुम्बिनी लगिएको छ । लगातार काम भए पनि जडान गर्न ४ दिन लाग्ने छ । यो बीचमा लुम्बिनीको बिधुत समस्या येथावट रहने छ । लुम्बिनी क्षेत्रमा हाल हजार बिधुतका ग्राहक छन् । लुम्बिनीको ट्रान्सफर्मर जलेपछि हाल यो मध्ये रुद्रपुर क्षेत्रमा अमुवा र कत्रहवा क्षेत्रतर्फ मर्चवारबाट बिधुत ल्याईएको छ । लुम्बिनीमा कपिलवस्तुबाट बिधुत ल्याईएको छ ।
दैनिक पत्र