संजय कुशवाहा,
१२ भदौ, नवलपरासी । नवलपरासीमा सर्पको टोकाइबाट एक जनाएको ज्यान गएको छ ।सुस्ता गाउपालिका वार्ड न.५ साविक गा.वि.स पक्लिहवा वार्ड न.४ चन्द्रगन्ज बस्ने टाढे मुसहरको छोरा २५ वर्षय सोनु मुसहरलेआज बिहान ४ बजे नारायणी नदिमा माछा मार्ने क्रममा सर्पले टोक्दा मुसहरको मृत्यु भएको हो ।सर्पले टोकेपछि उनले नारायणी नदिको किनारमा सुतेका थिए। विहान करिब ७ बजे सर्पले टोकेको उनका परिवारलाई थाहा पाएपछि उनलाई उपचार गर्नको लागि विनयी त्रिवेणी गाउपालिकाको त्रिवेणीमा रहेको बज्रदल गणमा लग्दा बाटोमा मृत्यु भएको रामनगर प्रहरी चौकी ईन्चार्ज भिम बहादुर चौधरीले जनाएका छन ।