
बारा ।
जिल्ला प्रहरी कार्यालय बाराले २५ लाख बराबरको खुद्र सामानसहित ट्रक नियन्त्रणमा लिएको छ । बिहीबार पथलैया बाराबाट खटिएको प्रहरीको टोलीले जिल्लाको जितपुर सिमरा उप महानगरपालिका-१ स्थित पथलैया चोकबाट ट्रकसहित खुद्रा समान बरामद गरेको हो ।
वीरगन्जबाट काठमाडौँ जाँदै गरेको ना ३ ख ७३११ नम्बरको ट्रकबाट विल बिजकभन्दा बढी लोड रहेको खुद्रा समान पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी दिए । उनका अनुसार पक्राउ परेको ट्रकसहित खुद्रा समान कारबाहीका लागि सम्बन्धित निकायमा पठाइएको छ ।
प्रहरीले ट्रकबाट २५ लाख ७२ हजार पाँच सय १६ रुपैयाँ बराबरको समान नियन्त्रणमा लिएको उल्लेख गरेको छ ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।