नन्दु यादव ,
बैशाख१४ बेलाटारी। केही समय अगाडि त्रिबेणी गाउपालिकालाई सरकारले प्रदेश न४ मा राखेपछि स्थानिय क्षेत्रमा रहेका स्थानिय जनताहरु समस्यामा परेका थिए। गाउपालिकामा रहेकाे त्रिबेणीसुस्ता,नरसहि,पकलिहवा,कुडिया,र रुपाैलिया लाई प्रदेश न ४ मा राखेकाे थियाे।प्रदेश न ४ मा राखेपछि सयुक्त लाेकतान्त्रिक मधेशीमाेर्चाले सर्बपक्षिय जन सघर्ष बिराेध अभियान नै सन्चालन गरि बिराेध गर्दै अाईरहेकाे थियाे तर हिजाे सरकारले पुन त्रिबेणी गाउपालिकालाइ प्रदेश न५ मा राखेपछि खुशियालीमा अान्दाेलन गर्दै अाईरहेका स्थानिय जनताले अाज क्षेत्रन६ मा माेटरसाईकल र्यालि निकालेका छन।
गुठिप्रसाैनीबाट सुरु भएकाे र्यालि नरसहि, कुडिया, पकलिहवा प्रतापपुर लगायतका ठाउहरुमा माेटरसाइकल र्याली गरिएकाे युवा नेता लख्खु यादवले बताएका छन यसै गरि अाज साझ घरघरमा बति बाली दिपावली मनाउने समेत गरिने बताईएकाे छ।र्यालिपछि बेलाटारीमा माेरचाकाे नेता रामपृत यादवकाे सभातित्वमा तथा पुर्ब मन्त्री हृदेश त्रिपाठी काे प्रमुख अतिथतामा कार्यक्रम सम्पन्न भएकाे थियाे।कार्यक्रम मा कर्महुसेन असारी,केशव अधिकारी लख्खु यादव लगायतले बाेल्नु भएकाे थियाे कार्यक्रमा एमालेबाट २० जना कार्यकर्ता पार्टिमा प्रबेश गरेकाे विद्यार्थी नेता युवराज माैर्य ले जानकारी दिनु भयाे। त्रिबेणी गाबिसकाे ६ र ७ वडालाई भने बिनयी गाबिसमा राखि प्रदेश न४ मै राखेकाे छ।