कास्की ।
सात किलो ७८१ ग्राम काँचो सुनसहित प्रहरीले पोखराबाट एक जना भारतीयलाई पक्राउ गरेको छ।
भारत पश्चिम बंगाल मेदिनिपुर दासपुर-११ घर भई पोखरा महानगरपालिका-२ मोहोरिया टोलस्थित जय भैरव ज्वेलर्स संचालन गरी बस्ने ४० वर्षीय सुरजित भौमिकलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको हो।
उनको ज्वेलर्सबाट स्रोत नखुलेको सुनका गहना तथा काँचो सुन ७ किलो ७ सय ८१ ग्राम ९९ मिलिग्राम, चाँदीका गहना ६ किलो र नगद ६२ लाख ८१ हजार रुपैयाँ बरामद भएको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले भौमिकले सञ्चालन गरेको उक्त ज्वेलर्सबाट स्रोत खुलाउन नसकेको उक्त गहना र नगदसहित उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।