माधव अधिकारी
१३ भाद्र, कावासोती ।
सेह निवास सामुदायिक वन उपभोक्ता समूह कावासोती ५ को १९ औ बार्षिक साधारण सभा आज कावोसोती ५ गुरुङ्ग मिलन हलमा सम्पन्न भएको छ । अध्यक्ष दुर्गा बहादुर गुरुङ्गको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथिको रुपमा जिल्ला वन कार्यालय नवलपरासीका प्रमुख विजयराज सुवेदी रहनुभएको थियो ।
त्यस्तै विशेष अतिथिमा सामुदायिक वन उपभोक्ता माहासंग नेपाल नवलपरासीका अध्यक्ष ठाकुर प्रसाद पाण्डे, सदस्य होमनाथ पाण्डे, कावासोती वडा नं. ५ का वडा अध्यक्ष हरी बास्तोला, जील्ला वन कार्यालयका वन अधिकृत योगेन्द्र बडहर, सहायक वन अधिकृत भिम बहादुर पौडेल, माहाराजा इलाका वन कार्यालयका सहायक वन अधिकृत चमेली देवकोटा, त्रिभुवनटार इलाका वन कार्यालयका सहायक अधिकृत दिपक अधिकारी, समुदायिक प्रहरी सेवा केन्द्र कावासोतीका अध्यक्ष कोषराज कार्की , आदिवाशी जनजाति महासंघ वडा नं ५ को इकाइ अध्यक्ष शत्रुधन थापा, वडाका नवनिर्वाचत सदस्यहरु श्यामलाल ठाडा, गंगा कुमाल, सरस्वति परियार लगायतको उपस्थीति रहेको थियो ।
समूहका उपाध्यक्ष नन्दलाल रिजालको स्वागत मन्तव्य रहेको कार्यक्रममा कोषाध्यक्ष रिम माया अधिकारीले आर्थिक बर्ष २०७३/०७४ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा प्रगति प्रतिवेदन प्रस्तुत गदै सभापति दुर्गा बहादुर गुरुङ्गले समूहका भावि योजनाको विषयमा प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन कार्यसमिति सचिव वसन्त बहादुर राउत र कार्यालय व्यवस्थापन सचिव जोशिला भुजेलले गर्नुभएको थियो