१४ भदौ , भैरहवा – लियो क्लब अफ सिद्धार्थनगरले नेतृत्व गर्दै दोर्सो चरणको राहत बितरण कार्यक्रम सम्पन्न गरेको छ । भैरहवा क्षेत्रमा रहेका लियो तथा लायन्स क्लबहरु लियो क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर, लायन्स क्लब अफ भैरहवा, लायन्स क्लब अफ होलिसिटी सिद्धार्थनगर, लायन्स क्लब अफ सिद्धार्थनगर प्रोफेसनल, लायन्स क्लब अफ मिड टाउन कोटिहवा, लायन्स क्लब अफ सिद्धार्थनगर युथ, लायन्स क्लब अफ सिद्धार्थनगर लेडि युथ लगायत लियो क्लब अफ मिड टाउन कोटिहवा, लियो क्लब अफ सिद्धार्थनगर युथको सयुक्त पहलमा नवलपरासी जिल्लाको प्रतापपुर गाउ पालिकाको वार्ड न ६ मा अवस्थित मुसहर वस्तीका २० वटा घर परिवारलाई दैनिक उपभोग्य सामाग्री चामल, दाल, नुन, तेल, चिनी, आटा, चिउरा, सोयाबिन दाना, टुथ पेस्ट, ब्रस का साथै झुल, बाल्टी, जग, फोम म्याट्रेस जस्ता सामाग्री बितरण गर्नुका साथै सोहि गाउँका १० जना सुत्केरी र गर्भवती महिला हरुलाइ कपास गद्दा, तकिया, कम्बल , झुल, फोम म्याट्रेस र पोसिलो आहार हर्लिक्स, च्यवनप्रास, घ्यु, सुजि जस्ता सामग्रीहरु बितरण गरेको थियो । सोहि गाउका अन्य २९ घर परिवारलाइ बाल्टि र मग समेत बितरण गरेको थियो । सो कार्यक्रममा करिब एक लाख पचास् हजार बराबरको सामाग्री हस्तान्तरण गरिएको थियो। मुसहर जाती मधेसी समुदाय मा पिछडिएको र सिमातक्रीत वर्गमा पर्छन । उनिहरुको सङ्गर्सपुर्ण जिवनलाई यो साल बाडीले थप कस्टकर बनाईरहेको छ । मानव अधिकार संगठनका प्रतिनिधी सहित लियो क्लब अफ सिद्धार्थनगरको टोलिले मुसहर वस्तीको अनुगमन पस्चात सो गाँउका उत्पीडित मुसहर समुदायका निम्ती सहयोग कार्यक्रम आयोजना गरिएको कुरा कार्यक्रम संयोजक लियो सन्जय केसीले जानकारी गराउनु भयो । उक्त कार्यक्रम लियो क्लब अफ सिद्धार्थनगरका अध्यक्ष लियो अरुण पन्थीको अध्यक्षतामा तथा लियो जिल्ला परिषदका अध्यक्ष लियो शार्दुल मयुर कशौधनको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । सो कार्यक्रममा बोल्दै प्रमुख अतिथी कसौधनले लियो क्लब अफ सिद्धार्थनगरले लिएको अग्रसरता र मुसहर बस्तीका पिडित वासीहरुलाई प्रदान गरिएको राहात अति नै प्रससनिय रहेको बताउनुभयो । कार्यक्रममा बोल्दै लायन बिनोद खरेल, लायन रबिन्द्र शर्मा, लायन तारा छ्न्तेल लगायतका लायन्स पदाधिकारीले सो कार्यक्रममा प्रदान गरिएको सहयोग सामाग्रीलेे सबै पुरा नभए पनि मलम लागाउने काम भएको र लायन्स लियोले हामी सेवा गर्छौ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै आवस्यक ठाउँमा लायन्स र लियो पुग्ने कुरामा जोड दिनुभयो । स्थानिय समाजसेवी नेपाल अपाङ्ग महासङ्गका केन्द्रीय सदस्य श्री बच्चु राजभरले क्लब सो ठाउमा गएर गरेको कार्य अति सहसनिए रहेको र सो कार्य गर्न पैसाको धनी होइन मनको धनीले मात्र गर्न सक्छन भन्दै क्लबलाई मनको धनी रहेको भनि क्लबले गरेको कार्यको मुक्त कन्ठले प्रसम्सा गर्नु भयो ।
अध्यक्ष अरुण पन्थीले सहयोगी सबै हातहरुलाई धन्यवाद दिदै सोहि गाउँका जेहेन्दार ३ जना सम्म बिद्यार्थिहरुलाइ छात्रवृती प्रदान गर्ने प्रतिबद्धता गरेका छन् । कार्यक्रमको सन्चालन लियो सुमन अधिनकारीले गर्नु भएको थियो ।