काठमाडौं ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने लिने भएका छन्। आइतबार दिउँसो २ बजे बस्ने मधेस प्रदेशसभाको बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेको उनको सचिवालयले जनाएको छ।
सत्ता गठबन्धनमा भएको परिवर्तन तथा दलहरूले उनलाई दिएको समर्थन फिर्ता लिएपछि यादवले तेस्रो पटक विश्वासको मत लिन लागेका हुन्। गएको माघ ९ गते जनमत पार्टीले मधेस सरकालाई दिएको समर्थन फिर्ता लिएको थियो।
सोहि कारण मुख्यमन्त्री यादवले आज विश्वासको मत लिन लागेका हुन्। कुनै पनि दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए मुख्यमन्त्रीले आफ्नो बहुमत सिद्ध गर्न तीस तीनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यावस्था छ।
विश्वासको मत लिने प्रयोजनका लायि आज दिउँसो २ बजे मधेस प्रदेश सभाको बैठक बोलाइएको प्रदेश सभा सचिवालयले जनाएको छ।
मुख्यमन्त्री यादवले आइतबार विश्वासको मत लिने भनेर मधेस प्रदेशसभा सचिवालयलाई गत बिहीबार नै पत्र पठाइसकेका छन्।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।