संजय कुशवाहा
भदौ १५ नवलपरासी । नवलपरासीमा शसस्त्र प्रहरी दृारा बाढीले बगाएकोसडकमा माटो पुर्ने कार्य सम्पन्न गरिएको छ! जिल्लाको सिमावर्ती क्षेत्र स्थित झुलनीपुर त्रिबेणी सडक खण्ड अन्तर्गत प्रतापपुर गाऊपालिका वडा नं ६ (झुलनीपुर) मा सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट गुठीपरसौनी र झुलनीपुर बाजार ब्यस्थापन समितिको संयुक्त आयोजना तथा स्थानियहरुको सहयोगमा अबिरल बर्षाका कारण सडककोछेउ करिब १०मिटर सडकको छेउ कटान भएपछि सो ठाऊँमा ठुलो दुर्घटना हुन सक्ने भएपछि उक्त ठाऊमा बोरामा माटो, ढुङ्गा राखेर सडक लाई मर्मत गरिएको सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट गुठी परसौनीका प्रहरी निरीक्षक तेज बहादुर बुढाथोकीले जानकारीदिनु भयो ।