१५ भदौ, काठमाडौं – डीआईजी नवराज सिलवालले आफूभन्दा कनिष्ठलाई आर्इजीपी नियुक्त गरेको भन्दै सर्वोच्च अदालतमा दायर गरेका रिटमा आज बृहत पूर्ण इजलासमा अन्तिम सुनुवाई हुदै छ ।
आज सरकारी वकिलका तर्फबाट बाँकी बहस हुनेछ भने निवेदन नवराज सिलवालका तर्फबाट संक्षिप्त जवाफ फर्काउने समय बेञ्चले दिनेछन् ।
प्रधानन्यायाधीश गोपाल पराजुलीसहित ७ सदस्यीय बृहत् पूर्ण इजलासमा मुद्दाको सुनुवाइ हुनेछ। पराजुलीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, केदारप्रसाद चालिसे, शारदा प्रसाद घिमिरे, मीरा खडका, प्रकाशमान सिंह राउत र पुरुषोत्तम भण्डारी बृहत् पूर्ण इजलासमा सदस्य छन् ।
यसअघि साउन १९ गते निवेदक सिलवालका तर्फबाट वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, हरिहर दाहाल र बाबुराम कुँवर तथा अधिवक्ता टीकाराम भट्टराई, हरि फुयाँल र ओमप्रकाश अर्यालले बहस गरेका थिए ।
सिलवालले वरियताक्रममा आफू पहिलोमा रहेको र चार वर्षको कार्यसम्पादन एंव मूल्यांकनका आधारमा आफू अर्यालभन्दा अगाडि रहेको जिकिर गर्दै पुनःअदालतमा निवेदन दिनुभएको थियो । त्यसमा अदालतले सरकारका नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
आज रीट निवेदक डीआईजी नवराज सिलवाल वकिलहरु शम्भु थापा,टीकाराम भट्टराई लगायलते प्रत्युत्तर दिएपछि सुनुवार्इ समाप्त हुनेछ ।