नवलपरासी ।
मदार स्थान दर्शन गरेर फर्कँदै गरेका एक भारतीय नागरिकको भिरबाट लडेर शनिबार मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारत उत्तर प्रदेश राज्य, कुसिनगर जिल्ला, नेवुवा थाना नाैरंगीया बस्ने ३८ वर्षीय पंकज कुमार कुसवाहा रहेकाे जिप्रका नवलपरासी पूर्वले जनाएको छ ।
पूर्वी नवलपरासीकाे विनयी त्रिवेणी गाउँ पालिका १ चुरे डाँडामा लाग्ने मदार स्थान मेलाबाट फर्कने क्रममा अपराह्न वडा नं.६ खैरेनी जंगलमा भिरबाट लडेर कुसहवा अचेत भएका थिए ।
भिरबाट लडेर अचेत यात्रुकाे प्रहरीले उद्धार गरी मध्यविन्दु जिल्ला अस्पताल ल्याएकाेमा चिकित्सकले साँझ मृत घाेषणा गरेकाे प्रहरीले जनाएको छ ।
यसैगरी साेही मेला भर्ने क्रममा अर्की एक महिला पनि पश्चिम नवलपरासी भूगोलबाट हराएको र फेला परि नसकेको बताइएको छ ।
नेपाल,भारत लगायत विभिन्न देशका मुस्लिम तथा हिन्दु लाखौं श्रद्धालुहरूकाे उपस्थिति रहने मदार स्थान मेला फागुन १७ गतेबाट सुरू भएको हाे ।
दाउन्ने पहाडकाे दक्षिण पूर्वी भुगाेलकाे विकट पहाड स्थित मदार स्थानमा रहेकाे मजारमा फागुन कृष्ण पञ्चमीबाट बाबा गद्दी चढे पछि यहाँ १ साता धार्मिक मेला लाग्ने गर्दछ ।
श्रद्धालुहरू मदार स्थानकाे दर्शन तथा बाबाकाे दुवाले मनाेकाञ्छा पूरा हुने र शारीरिक कष्ट हट्ने विश्वास रहि आएकाे बताउँछन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।