१७ भदौ , काठमाडौँ – पछिल्लो समय नेपाली टेलिभिजन रियालिटी शो ‘नेपाल आइडल’ निकै नै लोकप्रिय हुँदै गएको छ । अन्तराष्ट्रिय स्तरको पहिलो टेलिभिजन रियालिटी शो भएकोले पनि यसको लोकप्रियता बढेको हो । स्टेजदेखि वाद्यवादकको समूहबाट दर्शक प्रभावित छन् ।
त्यस्तै प्रतियोगीहरुको प्रस्तुतिले पनि दर्शकहरुलाई लोभ्याएको छ । छोटो समयमा नै यसको लोकप्रियता बढ्दै गएको छ । अहिले प्रतियोगितामा चार प्रतिष्पर्धी बाँकी रहेका छन् । नेपाल आइडलको ग्रान्ड फिनाले कतारमा हुने पनि तय भइसकेको छ । तर नेपाल आइडल प्रतियोगिता भने विभिन्न कारणले विवादित बन्दै गएको छ । यो एक विशुद्ध प्रतियोगितात्मक हो ।
सामाजिक सञ्जालमा केहि दिन यता फलानो जात र समुदायकै प्रतियोगिले जित्नु पर्छ भन्ने अभिव्यक्ति देखिएकोले त्यसले सम्बन्धित प्रतियोगी प्रतियोगिताबाटै बाहिरिनु पर्ने चेतावनी आयोजकले फेसबुकमाफर्त दिएको छ ।
प्रतियोगीको गायन हेरेर दर्शकले दिने भोटको आधारमा नेपाल आइडल चुनिनेछ । तर टप ४ एलिमिनेशन राउंड जून हिजो भयो त्यसमा कोही प्रतिस्पर्धी एलिमिनेट नभए पछि धेरै ब्यक्तिहरूले सामाजिक सञ्जालमा रिसाउदै आफुले आफ्नो अभिब्यक्ति दिदै स्टेटस हालेका छन् । हिजोको एपिसोड हेरिसके पछि दिएका केहि ब्यक्तिका अभिब्यक्ति यस्ता छन् । ( Source : Facebook )