नेपालको पहिलो फ़्रेञ्चाइज शो जुन आउने दिन देखि नै सबैको मन जित्न सफल भएको छ। तर यो नेपाल आइडलको प्रत्येक हप्ताको एपिसोडमा केहि न केहि विवाद हुने क्रम भने रोकिएको छैन। गायक रामकृष्ण ढकाल आउदाको एपिसोडको विवाद सेलाउन नपाउदै, हिजोको एपिसोडले फेरी अर्को विवाद निम्त्याएको छ। कोहि कसैले पनि सामाजिक संजालमा भन्न छोडेका छैन्। यस्तै रचनाकार/गायक कुसुम जीको फेसबुक स्ट्याटसमा पनि यस्तो देखियो :
तल लेखिएका शब्द कुसुम जी ले लेख्नु भएको जस्ताको त्यस्तै:
आइडलका ‘ख्वामीत’हरुका नाममा
जजहरु कालीप्रसाद बासकोटा, न्यहू बज्राचार्य र इन्दिरा जोशी त निरिह पात्र हुन् । सुरेश पौडेल र लक्ष्मण पौडेलहरु पनि निमित्त मात्र हुन् । जनताको पैसा डबल खर्च गराउन टप थ्रिमा फेरी भोटीङ गराउने लोभ चाँही माथिकै मानिसहरुको हो भन्ने मलाई लाग्छ । उनीहरुलाई न सँगीतको चिन्ता, न कलाको । व्यापारीहरुलाई त दाम कमाउन पाए भैगयो । दर्शकको भावनामाथि यसरी ‘कमर्शीयल शोषण’ गर्न मिल्छ कि मिल्दैन ? एक पटक टप थ्रिका लागि भोटीङ गरिसकेका दर्शकलाई फेरी त्यसैका लागि भोटीङ गर भन्न मिल्छ ? सार्वजनिक मर्यादा, नैतिक मुल्य अनि दर्शकको विश्वासमाथि यसरी खेलबाड गर्न मिल्छ ? पैसा कमाउनका लागि अरु पनि सार्थक उपायहरु छन् नि यार । थापाथलीतीर मम पसल थाप्ने हो भने पनि मजैले कमाउन सकिन्छ ।