काठमाडौं ।
नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ। आज अमेरिकी डलरको भाउ १५ पैसाले बढेको छ।
नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको विनिमय दर अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर १३२ रुपैयाँ २९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ८९ पैसा कायम गरिएको छ। बुधबार यसको खरिददर १३२ रुपैयाँ १४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ७४ पैसामा कारोबार भएको थियो।
बिहीबार एक युरोको खरिददर १४४ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३७ पैसा तोकिएको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा २१ पैसाले बढेको हो। बुधबार युरोको खरिददर १४४ रुपैयाँ ५० पैसा र बिक्रीदर १४५ रुपैयाँ १५ पैसामा कारोबार भएको थियो।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ २५ पैसाले बढेर एकको खरिददर १६९ रुपैयाँ ३० पैसा र बिक्रीदर १७० रुपैयाँ ०७ पैसा कायम गरिएको छ। बुधबार बेलायती पाउण्ड सटर्लिङ एकको खरिददर १६९ रुपैयाँ ०५ पैसा र बिक्रीदर १६९ रुपैयाँ ८१ पैसा तोकिएको थियो।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रुपैयाँ ४८ र बिक्रीदर ८७ रुपैयाँ ८७ पैसा र क्यानेडियन डलर एकको खरिददर भने ९८ रुपैयाँ ०६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५१ पैसा कायम गरिएको छ।
उता, जापानी येन १० को खरिददर ८ रुपैयाँ ९४ पैसा कायम हुँदा बिक्री दर भने ८ रुपैयाँ ९८ पैसा रहेको छ। चाइनिज युआन एकको खरिददर १८ रुपैयाँ ३९ पैसा तथा बिक्री दर १८ रुपैयाँ ४८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा तथा बिक्री दर १० रुपैयाँ १० पैसा कायम गरेको जनाइएको छ।
यसैगरी, बिहीबार कतारी रियाल एकको खरिद मूल्य ३६ रुपैयाँ २८ पैसा र बिक्री मूल्य ३६ रुपैयाँ ४४ पैसा कायम गरेको राष्ट्र बैङ्कले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ २७ पैसा र बिक्री मूल्य ३५ रुपैयाँ ४३ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३६ रुपैयाँ १८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर बिहीबार २८ रुपैयाँ २२ पैसा र बिक्रीदर २८ रुपैयाँ ३५ पैसा कायम गरेको छ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रुपैयाँ ६३ पैसा र बिक्रीदर ४३२ रुपैयाँ ५८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रुपैयाँ २७ पैसा र बिक्रीदर ३५२ रुपैयाँ ८७ पैसा तोकिएको राष्ट्र बैङ्कले जनाएको छ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।