रसुवा ।
जिल्ला को आमा छोदिङमो गाउँपालिका भित्र रहेका विभिन्न पर्यटकीय ,धार्मिक ऐतिहासिक संस्कृति क्षेत्र हरूमा प्रत्यक्ष अध्ययन अवलोकन गरी ललित कला क्षेत्रका कलाकारहरूले क्यानभास मा त्यहाँ को वस्तुस्थिति माथि चित्र कोर्ने भएका छन् ।
चित्रकला को माध्यम वाट विश्व सामु चिनाउन र यहाँको स्थानीय पर्यटन प्रवर्द्धन का निमित्त गाउँपालिकाले यो कार्यक्रम गर्न लागेको अध्यक्ष बुचुङ तामाङले बताउनु भयो ।नेपाल भरबाट २५ जना र रसुवाका ५ जना गरी ३० जना कलाकार हरू चैत ९ गते गत्लाङ पुग्नेछ, १० गते पार्वति कुण्ड क्षेत्रमा ११ गते गत्लाङ क्षेत्रमा ,१२ गते गोल्जुङ गाउँमा पुगेर समापन हुनेछ ।
ललितकला प्रज्ञा प्रतिष्ठान चित्रकला विभाग का प्रमुख प्राज्ञ संन्जय बान्ता का अनुसार चित्रकार हरूले तयार पारेको चित्रहरू को प्रर्दशनी नेपाल ललितकला प्रतिष्ठान को सभा हल काठमाडौँ मा १ हप्ता प्रदर्शन समेत गरिने छ । आमा छोदिङमो गा,पा र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ को आयोजनामा हुने भएको हो ।धार्मिक आस्था ले भरिपुर्ण पार्वतीकुण्ड कालोगाउ ले विश्व प्रशिद्व गत्लाङ गाउँ,तामाङ सांस्कृतिक र परम्परा को गोल्जुङ गाउँ,चिलिमे गाउँ,पर्यटकीय क्षेत्र लाई चित्रको माध्यम वाट प्रचारप्रसार गरी लाखौँको संख्यामा पर्यटन भित्र्याउने लक्ष्य रहेको बेत्रावती रसुवाका चित्रकार शशी डङ्गोलले बताए ।
आमा छोदिङमो गाउँपालिका भित्र विभिन्न र अदृश्य रूपमा सयौँको संख्या मा पर्यटकीय लगायत धार्मिक स्थलहरू रहेका छन् ।ती सबैको प्रचारप्रसार मा तीव्रता दिएर आन्तरिक तथा बाह्य पर्यटकको रोजाइको गाउँपालिका बनाउन लागेको उपप्रमुख चण्डिका तामाङले वताए ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।