बुटवल।
रुपन्देहीमा नव निर्मित अन्र्तराष्ट्रिय स्तरको क्रिकेट मैदान एस्क्ट्राटेक ओभल क्रिकेट मैदानमा पहिलो प्रतियोगिताका रुपमा छैठौ खड्ग प्रसाद गौचन ममोरियल यु–१९ क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको सबै तयारी पूरा भएको विहिबार पत्रकार सम्मेलन गरी एकेडेमीका संस्थापक शक्ति गौचनले बताए ।
यही चैत १० गतेबाट शुरु हुने प्रतियोगितामा रुपन्देहीका ६ र अन्य प्रदेशका ४ गरी ८टिम सहभागी हुने भएका छन् । तिलोत्तमा नगरको एस्क्ट्राटेक ओभेल क्रिकेट मैदानमा हुने प्रतियोगिताको लिग चरणका खेलहरु २५ ओभर तथा सेमीफाईनल र फाईनल खेल भने ४० ओभरको खलाईने स्टार क्रिकेट एकेडेमीका संस्थापक गौचनले बताए ।
प्रतियोगिताको उपाधि विजता टिमले नगद ५० हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई २५ हजार रुपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । २० गतेसम्म चल्ने प्रतियोगितामा करिब ६ लाख रुपैयाँ खर्च हुने अनुमान रहेको छ ।
रुपन्देही क्रिकेट संघका अध्यक्ष हरि थापाले क्रिकेट खेल र खेलाडीको प्रोत्साहन हुने गरी आयोजना गरिएको प्रतियोगितामा संस्थागत रुपमा प्राविधिक सहयोग गर्ने बताए । प्रतियोगिताको समूह ए मा स्टार क्रिकेट एकेडेमी, बोस्टन क्रिकेट क्लब, बिएमडब्लु बेष्ट्रन क्रिकेट एकेडेमी, मदन भण्डारी स्पोर्ट्स एकेडेमी तथा समूह बि मा पल्सर सिईसि काठमाडौ, डिष्ट्रिक एशोसिएशन अफ कास्की, डिसिए धनगढी र न्यू होराईजन स्पोर्ट्स क्लब गरी आठ टिमले प्रतिस्पर्धा गर्ने छन् ।
यो समाचार न्युज अफ नेपालबाट लिईएको हो ।