भरतपुर महानगर पालिका भित्र अखाध्य पदार्थ मिसाएर तयार पारीएका पानी पुरी र चटपट लगायतका खाध्य बस्तुले नागरिकको स्वास्थमा प्रतिकुल प्रभाव पारेको जनगुनासो आइरहेको बेला चितवन जिल्ला प्रसाशन कार्यालयले मिति २०७४ भाद्र १२ गते चितवन उद्योग बाणिज्य संघ लाई लेखीएको पत्रमा भरतपुर महानगर पालिका र चितवन जिल्ला प्रहरी कार्यलय लाई बिक्री बितरण बन्द गरी जानकारी गराउनु हुन भनी पत्रचार गरीएको छ । अब उपरान्त उपभोक्ता स्वयले यस्ता अखाध्य बस्तु नारायणी नदी वरीपरीमात्र नभै जिल्ला भरीनै उपभोग गर्न छोड्नु पर्ने छ । यदी यस्ता अखाध्य बस्तुको निरन्तर उपभोग गरेमा उपभोक्ताको स्वास्थामा असर मात्र नपरी क्यान्सर जस्तो रोग लागी अकालमानै मृत्युको मुखमा पुर्याउने स्वास्थ कर्मीको दाबी रहेको छ ।