१८ भदौ , एजेन्सी – फोनलाई लिएर मान्छेहरुको बीच यस्तो सम्बन्ध छ कि एक सेकेंडको लागि आफ्नो फोनलाई छोड्न चाहदैनन् । यति सम्म कि खाने-पिउने र नुहाउने बेला पनि मान्छे आफ्नो फोन सधैँ आफ्नो साथ नै राख्न मन पराउछन् । तर कहिले काहिँ यहि चीज मान्छेको लागि घातक पनि बन्न सक्छ । यस्तै एउटा घटना न्यू मैक्सिकोमा भएको छ । १४ बर्षिय एक किशोरीले नुहाउने बेला फोन साथमा रहदा घातक भएको छ र उनले आफ्नो जीवन गुमाउनु परेको छ । उनी नुहाउने बेला बाथटबमा फोन प्रयोग गरिरहेकी थिईन । मैडिसन कोएवॉस नामकि किशोरी आफ्नो फोन चार्ज गरिरहेकी थिईन , त्यहि बेला फोन झुकिएर बाथटबमा खस्यो ।
किशोरीका परिवारले भने कि उनी नुहाउने बेला जब फोन चार्जमा लगाइन र त्यसलाई समातिन त्यहि बेला यो घटना भयो । पुलिसको भनाई छ कि प्रारम्भिक जांच गर्दा बिजलीको झटका लागेको कुरा अगाडी आइरहेको छ । उनकी हजुरआमाले भनिन् कि ‘जुन हातले उनी फोन समाएकी थिईन, त्यहि हातमा जलेको निशाना छ ।’ योबाट अनुमान गर्न सकिन्छ कि उनीसँग के भएको थियो । यो दर्दनाक घटना हो जो कोहिको साथ पनि हुनु हुदैन । हामी चाहन्छौ कि मान्छेहरुलाई यो बारेमा जागरुक गराउनुपर्छ कि बाथरूममा आफ्नो सेलफोनको उपयोग गर्नुहुदैन जसले गर्दा यस्तो घटना घट्न सक्छ ।