गहना खरिद गर्नुअघि बजारमा चलिरहेको डिजाइन र ट्रेन्डको बारेमा जान्न जरुरी हुन्छ। आफ्नो आवश्यकता, बजेट तथा ड्रेसअपअनुसार कस्तो गहना उपयुक्त हुन्छ विचार पुर्याउनुपर्छ।
पहिलोपटक गहना खरिद गर्दै हुनुहुन्छ भने महंगो र धेरै गहना छनोट गर्नुभन्दा सस्तो थोरै परिमाणमा मात्र खरिद गर्नु राम्रो हुन्छ ।
सुन र हीराको गहनभन्दा पनि अहिले चाँदीका गहना ट्रेन्डका छ । तुलनात्मक रुपमा सस्तो पनि हुने तथा हरेक ड्रेसमा सजिलै चाँदीका गहना म्याच पनि हुने गर्छ । चाँदीका गहनालाई तपाईंले आफ्नो डिजाइनअनुसार बनाउन पनि सक्नुहुन्छ ।
गहनामा प्रयोग हुने पत्थरले महिलालाई निकै आकर्षित गर्छ । तर, जेम्स कति सक्कली हो, त्यसको पहिचान गर्न जो कोहीलाई गार्हो हुन्छ । यदि तपाईं पनि पत्थरयुक्त गहना खरिद गर्ने सोचमा हुनुहुन्छ भने विश्वासिलो व्यवसायी कहाँ मात्र जानुहोस् । केही सस्तो पाइयो भन्दैमा गहना खरिद गरिहाल्नु पनि हुँदैन । व्यवसायीले किन सस्तो मूल्यमा दिंदै छ, सावधान हुन आवश्यक छ ।
शेरबहादुर गहतराज
सञ्चालक
ओम पाल्पाली सुनचाँदी पसल
बुटवल