बिहान-बिहान जगिङ्ग गर्नु धेरै नेपालीको लाइफस्टाइल नै बन्ने गरेको छ। हरेको दिनको दौडाइ अर्थात जगिङ्गले शरीरमा आखिर के फाइदा गर्छ? अमेरिकाको मायो क्लिनिकलगायत केहि स्वास्थ्य संस्थाहरुले लामो रिसर्चपछि नतिजा सार्वजनिक गरेको छ।
- मांसपेशी स्ट्रेचिङ्ग हुन्छ र बलियो बन्छ। हड्डी पनि मजबुत बन्छ।
- शरीरमा थुप्रिएको बोसो पग्लिएर पसिनासंगै बाहिरिन्छ र तौल घट्छ।
- पुरै शरीरमा रक्तसंचार सहज हुन्छ। ब्लड प्रेसरको समस्याबाट मुक्ति मिल्छ।
- इन्सुलिन बन्ने प्रक्रिया ठिक भएर रगतमा सुगरको मात्रा कन्ट्रोल गर्छ।
- हर्ट बिट रेगुलर हुन्छ। मुटुरोगबाट बच्न सकिन्छ।
- शरीरमा एडरालिन नामक हर्मोन सहि प्रक्रियामा बन्छ र राम्रो निन्द्रा पर्छ।
- फोक्सोको पनि कसरत हुन्छ, श्वासप्रश्वाससम्बन्धी रोगबाट बच्न सघाउछ।
- दिमागमा रगत र अक्सिजनको संचार, राम्रोसँग हुन्छ। डिप्रेसन र स्ट्रेसको समस्या हुँदैन।
- शरीरका कोषिकाहरु बलिया हुन्छन र इन्फेक्सनबाट बचाउँछ।
- अनुहारमा रक्तसन्चार राम्रो हुँदा प्राकृतिक चमक आउँछ।
ध्यान यता पनि